फेरि एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

सफल खबर संवाददाता

आइतबार, १४ बैशाख २०७७, १९ : ०३
फेरि एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं । झापामा फेरि एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । झापामा यसअघि पनि एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । 

विराटनगरको कोसी अस्पतालमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ जानकारी दिएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने त्यसमा १६ जना निको भएर घर फर्किएका छन् ।