वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ ।
उनको र्यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटक कोरोनाको एन्टिबडी देखिए पनि पिसिआर परीक्षणको नतिजा भने नेगेटिभ आएको हो । ब्लड क्यान्सरबाट पीडित वीरगन्जकी २३ वर्षीया युवतीको आज मृत्यु भएको थियोे ।
उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम रेन्टाइनमा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति