वीरगन्जमा थप दुई जना कोरोना भाइरसबाट संक्रमित भेटिए

आइतबार, १४ बैशाख २०७७, १२ : ५०
वीरगन्जमा थप दुई जना कोरोना भाइरसबाट संक्रमित भेटिए

वीरगन्ज । वीरगन्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । 

वीरगन्ज महानगरपालिका छपकैयाँको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । 

गत चैत ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस