एजेन्सी । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५ सय ३ पुगेको छ । भारतमा भेटिएका संक्रमितमध्ये १ सय १ जना विदेशी छन् ।
सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ६ हजार ८ सय १७ जनामा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै गुजरातमा दुई हजार ८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । दिल्लीमा दुई हजार ५ सय १४ पुगेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म एक हजार ६ सय २१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । बिहारमा २ सय २३ जनामा भाइरसको संक्रमण भेटिएको छ । भारतमा अहिलेसम्म पाँच हजार ६३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
भारतमा ७ सय ७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा अहिलेसम्म ३ सय १ जनाको मृत्यु भइसकेको छ ।
गुजरातमा १ सय २७ जनाको मृत्यु भइसकेको छ भने मध्य प्रदेशमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म २५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने बिहारमा दुईजनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति