नयाँ दिल्ली । मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान मनाउँदा घरमै बसेर मनाउन आह्वान गरिएको छ ।
चर्चित गजल गायकद्वय उस्ताज अहमद हुुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गर्नु भएको हो ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिने खतरा र बन्दाबन्दीको कार्यान्वयन गर्नुपर्ने पक्षलाई ध्यान दिँदैै घरमै रमजान मनाउनु उपयुक्त हुने उहाँहरुको भनाइ छ । भारतमा देशव्यापी बन्दाबन्दी लागु भइरहेको छ भने दैनिक दर्जनौमा कोरोनाभाइरसको सङ्क्रमण देखिदै गएको छ ।
उहाँहरुले आफैले बनाएको भिडियो सन्देश मार्फत् लकडाउनको उल्लङ्घन नगरी घरमै बस्न र घरमै रमजान मनाउन आग्रह गरिएको छ । मुस्लीम धर्माबलम्बीहरुले एक महिनासम्म व्रत गरेर मनाउने महत्वपूर्ण पर्व मानिने रमजान यही अप्रिल २५ देखि शुरु हुन लागेको छ ।
रमजानको शुभकामना समेत दिँदै उहाँहरुले लकडाउनसम्वन्धी निर्देशिका पूर्णरूपमा पालना गर्न पनि आग्रह गर्नुभएको छ । त्यसैगरी फिल्म अभिनेता राजा मुरादले पनि अल्लाहको मार्गलाई मनन् गर्दै एक महिने रमजान मनाउन आग्रह गर्नुभएको छ । भिडियो सन्देशमार्फत् उहाँले मुस्लीम दाजुभाई तथा दिदीबहिनीहरूलाई अहिलेको विशेष अवस्थालाई ख्याल गर्न पनि ध्यानाकर्षण गराउनुभएको छ । (एएनआई)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सोमबारदेखि रमजान महिना सुरु