प्रचण्डद्वारा भरतपुर महानगर प्रमुख रेनु दाहाल सम्मानित

मंगलबार, ०८ फागुन २०७४, १९ : ४७
प्रचण्डद्वारा भरतपुर महानगर प्रमुख रेनु दाहाल सम्मानित

भरतपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई सम्मान गर्नुभएको छ । अमर माध्यामिक विद्यालयले ६३ औ बार्षिक उत्सवमा दाहाल सहित पुर्व विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।

भरतपुर महानगरपालिका–२२ पदमपोखरीस्थित अमर माध्यमिक विद्यालयको बार्षिकोत्सवका अवसरमा प्रमुख अतिथिको हैसियतमा अध्यक्ष प्रचण्डले पूर्व्विद्यार्थी तथा भरतपुर महानगरपालिकाका नगर प्रमुख रेनु दाहाल लगायतलाई सम्मान गर्नुभएको हो ।

विभिन्न क्षेत्रमा जिम्मेवार पद हासिल गरेका पुर्व विद्यार्थीहरु भरतपुर वडा नं. २२ का अध्यक्ष विष्णु महतो ,चितवन क्षेत्र नं ३ का प्रदेश ख सभासद रामलाल महतो , भरतपुर महानगरका वडा नं. १० का अध्यक्ष अरुण पिडित भण्डारी ,लोक तथा दोहोरी गायक अमर बिरही गुरुङ ,गायक सागर आले लगाएतलाई सम्मान गरेको थियो ।

त्यसतै वडा सदस्यहरू सोमबहादुर गुरुङ, देउमाया विक र प्रेमबहादुर थापा, वडा नम्बर १४ का अध्यक्ष प्रकाश गुरुङलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस