आप्रवासी मजदुरको व्यवस्थापन गर्न मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

पत्रपत्रिकाबाट

शनिबार, ०६ बैशाख २०७७, ०७ : २२
आप्रवासी मजदुरको व्यवस्थापन गर्न मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैं । आप्रवासी नेपाली कोरोना संक्रमणबाट प्रभावित हुने क्रम बढ्दै गइरहेकाले उनीहरूको यथाशक्य चाँडो व्यवस्थापन गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका पदाधिकारीहरूले शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउन आवश्यक तयारी र व्यवस्थापन गर्न पनि सुझाएका छन् ।

स्वदेश फर्कन चाहने नेपालीको संख्या आकलन र प्रक्षेपण गरी सरकारले आवश्यक तयारी र व्यवस्थापनको कार्य थालिहाल्नुपर्ने आयोगले जनाएको छ । आप्रवासी श्रमिकको दु्रत सर्वेक्षण गरी तत्कालै नेपाल फर्काउनुपर्ने संख्या यकिन गर्न पनि आयोगले भनेको छ ।

खाडी मुलुकमा रहेका श्रमिकहरूले तलब कट्टी हुने, खान नपाउने तथा सडकमा बस्नुपर्ने समस्या भोग्नुपरेको आयोगको भनाइ छ । महामारी बढ्दै जाँदा धेरै मुलुकले सुरक्षाका प्रबन्ध घटाउँदै लगेको र कोरोना परीक्षणको सुनिश्चिततासमेत नभएकाले नेपाली मजदुरमा चिन्ता थपिएको आयोगले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस