गोरु काटेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०७७, १६ : २६
गोरु काटेको अभियोगमा पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।