काठमाडौं । लकडाउनका कारण सर्वसाधारण घरबाहिर निस्किन बन्देज भइरहेका वेला विद्युत् प्राधिकरणले भने चैतको बिजुली बिल जारी गरेको छ । महसुल रकम वैशाख मसान्तभित्र तिरिसक्नुपर्नेछ अन्यथा जरिवाना लाग्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कर्मचारी फिल्डमा नगई ग्राहकले फागुनमा उपभोग गरेको बिजुलीकै आधारमा चैत महिनाको पनि बिलिङ गरिदिएको हो । अवस्था सहज भएपछि घरघर गएर मिटर रिडिङ गरी हिसाब मिलान गर्ने गरी हाललाई अस्थायी बिलिङ गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘पछि हिसाब मिलान गर्ने गरी अनलाइनबाटै फागुन महिनाकै जति बिल भुक्तानी गर्न सूचना जारी गरिएको हो,’ उनले भने । उनले औद्योगिक ग्राहकका हकमा भने फिल्ड गएर मिटर रिडिङ गरी बिल जारी गर्ने जानकारी दिए ।नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०५ बैशाख २०७७, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ
विद्युत् प्राधिकरणमा मन्त्रीले कार्यकक्ष खोलेर बिचौलिया जोगाउने काम भयो : माओवादी
विद्युत् प्राधिकरणद्वारा उद्योगमा लाइन जोड्न सुरु
ढल्केबर इनरुवा ४०० केभी प्रसारण लाइन परीक्षण गरिँदै