काठमाडौँ । नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न ४०० केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि सो प्रसारण लाइनलाई सञ्चालनमा ल्याउने भएको हो ।
प्राधिकरणले एक सूचना जारी गर्दै नेपाल भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाले निर्माण गरेको यो प्रसारण लाइन आजदेखि सञ्चालनमा ल्याउने जनाएको हो । यसका लागि प्रसारण लाइनका कुनै पनि टावरमा नचढ्न र तार नछुन सूचना जारी गरिएको हो ।
प्राधिकरणले आज यो प्रसारण लाइनमा परीक्षण गर्दैछ । यसपछि सञ्चालनमा आउने भएकाले प्रसारण लाइनका आसपासमा बस्दै आएका सर्वसाधारणलाई जानकारी दिन सो सूचना जारी गरेको प्राधिकरणले जानकारी दिएको छ ।
यो प्रसारण लाइनको रुट ५ जिल्लामा पर्छ । धनुषा, सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाका प्रभावित क्षेत्रका बासिन्दाका लागि यो सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८१, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ
विद्युत् प्राधिकरणमा मन्त्रीले कार्यकक्ष खोलेर बिचौलिया जोगाउने काम भयो : माओवादी
विद्युत् प्राधिकरणद्वारा उद्योगमा लाइन जोड्न सुरु