दर्दनाक छ मजदुरका व्यथा : पहिले भारी बोक्न भौतारिनु पर्थ्यो, अहिले पेट भर्न

सफल खबर संवाददाता

विहीबार, ०४ बैशाख २०७७, ११ : १९
दर्दनाक छ मजदुरका व्यथा : पहिले भारी बोक्न भौतारिनु पर्थ्यो, अहिले पेट भर्न

काठमाडौँ । एक जना महिलालाई पुरुषले काँधमा बोकेर गन्तव्यतर्फ हिंडिरहेको फोटो अहले सामाजिक सञ्जालमा भाईरल छ । लकडाउनको मार खेपेर घर फर्कदै गर्दा ति महिलालाई हिंड्न गाह्रो भएपछि उनको आफन्तले बोकेका हुन् भनेर ठम्याउन गाह्रो छैन । उनीसँग भारी बोकेर गन्तव्यतर्फ गएका दर्जनौ मानिसको लर्काै देखिन्छ । 
सामाजिक सञ्जालमा देखिएका उक्त दृष्यमा मानिसहरुले संवेलिल कमेन्ट गरका छन् । धेरैले सरकारलाई गाली गरेका छन् । लकडाउनमा यस्ता भोको बस्नेहरुलाई राहत दिन नसक्नुले पनि सरकारको आलोचना आएको हो । 

एकातर्फ यसरी मानिसहरु गन्तव्यमा जोखिम मोलेर हिँडिरहेका छन् भने त्यसरी हिंड्न नसक्नेहरुसडकमै अलपत्र परेका छन् । कतिपय ठाउँमा संस्थाले खाना दिइरहेको छ भने धेरैले पेट भर्न पाईरहेका छैनन् । यस्तै समस्यामा थिए भक्तपुरको सडक पेटीमा बस्ने मजदुरहरु । 

oooo

सडक पेटीमा दाताले दिएको भात जोहो गरिएको छ । प्लाष्टिकको थालमा भात छोपेर राखिएको छ । दोलखा घर भएकी फूलमायाँ तामाङ सडक पेटीको एक किनारामाआगो बालेर लट्टेको साग भुट्दै छिन् । श्रीमान भाइकाजीसहित उनीहरु भारी बोकेर दैनिकी चलाउने व्यक्ति हुन् । भरीयाको रुपमा जे काम पाईन्छ त्यही गर्नु उनीहरुको दैनिकी हो । अहिले बन्दले गर्दा छ काम नै छैन । झण्डै एक महनिा हुन लाग्यो यसरी दिन विताएको । सडक मै तरकारी पकाएर कहिलेकाहीँ आधीपेट पनि पार्न पर्छ ।  “यही सडकमा तरकारी भुट्यो, दिएको भात ल्यायो खायो । हामलाई चामल दिएन अरु सबैलाई दियो । माग्न गएको पाइएन, नागरिकता फोटोकपी माग्यो । हामीलाई दिएन ।” दुखेसो पोख्दै उनले भनिन् । 

पहिले भारी बोग्दा होटलमा खाना खाईन्थ्यो । दिनभरी कमायो त्यही पैसाले होटलमा जाँदा होटलवाला खुसी हुन्थे । अहिले होटल नी बन्द छ । हातमा पैसो छैन। कमाई छैन । अनि कसले पत्याउनु । सबै बन्द भएपछि खाना कसैले दिँदैन । तरकारी खोजखाज गरेर पकाउने गरिएको छ भने दाताले दिएको भात संकलन गरेर खाने गरिएको छ । सँगैका अरु मजदुर पनि समस्यामा छन् । यस्तै स्थानीय तहले राहत नदिएपछि धेरै मजदुर अलपत्र भएका छन् । 

सिन्धुलीका हरिप्रसाद माझीको समस्या पनि त्यही हो ।  दिनभर भारी बोक्यो, साँझ खाना खायो सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । अनि भारी बोक्यो हिँड्यो । यस्तैमा वित्थ्यो दैनिकी । अहिले दैनिकी फेरियो । पहिले भारी बोक्न भौतारिनु पथ्र्याे अहिले पेट भर्न भौतारिनु पर्छ । उहाँले कति दिन भोकै भएको अनुभव सुनाउनुभयो ।
दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौँतारिएको धेरै वर्ष भइसक्यो तर उनलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन । 

सरकारसँग रासन माग्न पनि उनीहरु सबैले प्रयाु गरेका थिए । रामबहादुर वाइवा, बाबुराम गुरुङको पिडा पनि उस्तै छ । उनीहरुपनि पेट भर्ने जोहोमा दिनभर भौतारिनु पर्छ । पछिल्ले समयमा भने खान सडकमा आउँदा खुसी छन् ।उनीहरु छ । तर यस्ता मजदुर धेरै भएकाले सरकराले व्यवस्थापन गर्न नसक्दा मजदुरहरु भोकै छन् । मुलुकमा लकडाउन भएको लामो समय भइसकेको छ । 

अझै बैशाख १५ सम्मका लागि लम्याईएको छ ।कोरोना भाईसर संक्रमण फैलन नदिन सरकराले गरेको लकडाउन राम्रो भएपनि अभावमा बसेकाहरुलाई सरकारले व्यवस्था गर्नुपर्नै आवश्यकता छ । यसतर्फ ध्यान नपुग्दा भने समस्या भइरहेको छ ।

स्थानइि तहले राहत नबाँडेका होईनन् । तर राहत लिन हुनेखानेहरु नै आएपछि समस्या बनेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोल खाना पकाउर खुवाउनुको विकल्प नहुने बताउँछन् । राहत दिँदा सबै नै राहत थाप्न आएको उनले देखेसो गरे । 
 

प्रतिक्रिया दिनुहोस