यी तीन संक्रमित, जसका बारेमा सरकारमा गम्भिर छलफल

सफल खबर संवाददाता

विहीबार, ०४ बैशाख २०७७, ०८ : २२
यी तीन संक्रमित, जसका बारेमा सरकारमा गम्भिर छलफल

काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणका लागि अधिकतम पहलकदमी लिईरहेको दाबी  सरकारले गरिरहेपनि संक्रमतिको संख्या बढ्नु र नयाँ प्रकृतिका संक्रमति देखिन थालेका छन् । मुख्य तीन संक्रमितको प्रकृतिपछि सरकार झस्किएको छ । आफनो तयारीमा कहाँ कमजोरी देखा परे् भन्नेमा सरकार अहिले खोजीमा पनि जुटेको सरकारका एक मन्त्रीले बताए ।

वुधबार बसेको उच्चस्तरीय समितिको वैठकमा यस विषयमा छलफल चलेको ति मन्त्रीको भनाई छ । खासगरी यी तीन संक्रमितको अवस्था र संक्रमणको प्रकृतिका आधारमा सरकार झस्केको हो ।

पहिलो : विरगञ्जवाट कैलाली पुगेकी ६५ वर्षिय महिलामा देखिएको संक्रमण ।

यो केसमा ति महिला विरगन्जबाट  कैलालीसम्म सार्वजनिक बस प्रयोग गरेर पुगेकी थिइन् । उनी चढेकी बसमा रहेका यात्रुहरुको पहिचान गर्न सरकारले अहिलेसम्म सकेको छैन । यात्रुहरुको ट्यासिङमा पुरै चुेकेको कारण सरकार यसबाट संशकित देखिएको छ ।

कतै उनीसागै यात्रा गरेका यात्रुहरुवाट अन्य मा संक्रमित सरेर समुदायमा त्यो भित्र –भित्र कतै भूसको आगो जसरी फैलिदै जान थालेको त छैन ? यो प्रकरणपछि सरकार झस्किएको हो ।

दोश्रो : रौतहटका १९ वर्षिय युवकमा देखिएको संक्रमण ।

रौतहटमा संक्रमणमा देखिएका ति युवक सरकारले अन्तराष्ट्रिय  सीमा सिलवन्दी गरेपछि राती बॉर्डर क्रस गरेर नेपाल प्रवेश गरेका थिए । लुकीछिपी भारतवाट नेपाल छिरेका उनी सिधै घरमा गएका थिए ।

तर परिवारका सदस्यले उनलाई क्वारेन्टाइनमा  बस्न आग्रह गरी घर प्रवेशमा रोक लगाएका थिए । त्यसपछि उनी क्वारेन्टाइनमा  बसेका थिए । उनी क्वारेन्टाइनमा  बसेका मान्छेहरुमा पनि सक्रमण सरेको छ की ? अहिले सरकार परिक्षणको तयारीमा छ । तर उनी जस्तै अन्य भारतवाट राती – राती भागेर सुरक्षाकर्मीको आँखा छलेर नेपाल प्रवेश गरे भने के गर्ने ? खुल्ला सीमाका कारण नेपाललाई भारतबाट  त्यसरी भागेर आउनेलाई नियन्त्रण गर्ने कसरी भन्ने चुनौति थपिदिएको छ ।

तेश्रो : काठमाडौं सनसिटिमा एकै परिवारमा आमा छोरामा देखिएको संक्रमण

चैत ५ मा वेलायतबाट  काठमाडौं आएका एकै परिवारका तीन जनामा र्‍यापिड  टेष्ट गर्दा संक्रमण पोजेटिभ देखिएको थियो । तर पिसिआर गर्दा बुहारीमा नेगेटिभ र सासु र श्रीमानमा भने पोजेटिभ देखिएको थियो ।

सामान्यतयाः १४ दिनभित्रमा कोरोना रहे नरहेको देखिने भएपनि यो परिवारमा त्यस भन्दा वढी समयमा संक्रमण देखा परेको छ । एसियामा संक्रमण फैलदै गर्दा रोगको प्रकृति फरक हुदै आएको भन्दे सरकारले यो केसलाई स्वास्थ्य मन्त्रालयले आयतित संक्रमणको रुपमा ब्याख्या गरेको छ ।

यो कसरी परिदृश्य फरक परिरहेको छ भन्नेमा पनि सरकार संसकित देखिएको छ । स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय समितिको वैठक अगाडी स्वास्थ्य मन्त्रालयमा विशेषज्ञ विज्ञहरुसँग  गरेको छलफल पछि मुख्यतः यी तीन ओटा केसलाई गम्भिर भएर अुनसन्धान गर्नुपर्ने र यसले संक्रमण नेपालमा कुन चरणमा छ भन्ने निश्र्कषमा पुग्नुपर्ने सुझाव विज्ञहरुले दिएका थिए । त्यही आधारमा उच्चस्तरीय समितिको वैठकमा संक्रमण नेपालमा कतै सिधै तेश्रो चरणमा प्रवेश गरिसकेको त होइन ? भन्नेमा केन्द्रीत रहेर छलफल भएको ति मन्त्रीले बताए ।

अब के गर्ने ?
सरकारले संक्रमणवाट जोगिनका लागि अहिले चैत ११ यता निरन्तर देशभर लकडाउन गरिरहेको छ । अन्तराष्ट्रिय  सीमाहरु सिल गरिरहेको छ । तर पनि विदशेबाट  आएकामा संक्रमण बढिरहेको छ । 

तर पनि संक्रमण रोकिएको छैन । सधैभरी लकडाउन गरेर राख्दा मुलुकको अर्थतन्त्रमा यसले कस्तो प्रभाव पार्ला र संक्रमण रोक्न थप प्रभावकारी कदम के कसरी चाल्ने भन्नेमा समितिको वैठकमा मन्त्रीहरुले गम्भिर छलफल गरेका थिए ।

कुनै ब्यक्तिलाई संक्रमण देखा परेमा समुदायलाई नै सिल गरेर परिक्षण गर्ने की भन्नेमा पनि समितिको वैठकमा छलफल भएको थियो । तर यसै गरेर जाने भन्ने निश्र्कषमा भने समिति पुगिसकेको छैन ।