बेलायतले भारतबाट ३० लाख पारासिटामोल ल्याउने

एजेन्सी

बुधबार, ०३ बैशाख २०७७, २० : ५५
बेलायतले भारतबाट ३० लाख पारासिटामोल ल्याउने

फाईल फोटो

काठमाडौं । बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ ।  भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो । 

बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति जनाएको छ । “भारतसँगको कुराकानीपछि बेलायलतले भारतबाट झण्डै ३० लाख पारासिटामोल पाउने भएको छ,” बेलायती विदेश मन्त्रालयले भनेको छ ।  

भारतले उपलब्ध गराउने भनेको औषधी आगामी दुई हप्तामा बेलायत आइपुग्ने र सुपरमार्केटमा राखिने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।   पछिल्लो विवरणअनुसार बेलायतमा बुधबारसम्म कोरोना भाइरसबाट ९८ हजार ४७६ जना संक्रमित भएका छन् । ती मध्ये चार हजार ६०३ जनामा पछिल्लो २४ घण्टामा संक्रमणको पुष्टि भएको हो ।  

सरकारी अधिकारीहरुका अनुसार बेलायतमा कोरोनाका कारण अहिलेसम्म १२ हजार ८६८ जनाको मृत्यु भएको छ । ती मध्ये ७६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।  कोरोना भाइरसबाट धेरै प्रभावित देशहरु मध्ये बेलायत अघिल्लो छैठौँ स्थानमा पर्दछ । सवैभन्दा धेरै मृत्यु हुने र संक्रमित हुनेमा अमेरिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस