भारतबाट आएका २ जनाको र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०७७, २१ : २९

काठमाडौं ।  भारतको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको र्‍यापिड टेष्ट गर्दा  रिपोर्ट पोजिटिभ आएको छ । 

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजिटिभ पुष्टि भएको हो।

 सातै जनाको थ्रोट स्वाब लिएर पिसिआर टेष्टका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले बताए । 

सातै जनाको थ्रोट स्वाब लिएर पिसिआर टेष्टका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डाक्टर चुमनलाल दासले बताए ।