सनसिटी अपार्टमेन्टमा बसोबास गर्नेहरुको कोरोना संक्रमण परीक्षण सुरु

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०७७, १४ : २६
सनसिटी अपार्टमेन्टमा बसोबास गर्नेहरुको कोरोना संक्रमण परीक्षण सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना भाइरस संक्रमण पुुष्टि भएसँगै त्यहाँ बसोबास गर्नेको परीक्षण सुरु भएको जनाएको छ ।

त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले मंगलबार फेसबुकमार्फत जानकारी दिएको छ ।

मन्त्रालयले अपार्टमेन्टमा बस्ने व्यक्तिहरुको परीक्षण सुरु गरेको जनाउँदै उनीहरुसँग संलग्नहरुको ट्रेसिङ पनि सुरु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको संख्या १६ पुगेको छ । यसमध्ये एक जना भने निको भएर घर फर्किसकेका छन् ।