क्यान्सर अस्पताल कोरोनाको उच्च जोखिममा

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०७७, १४ : १७
क्यान्सर अस्पताल कोरोनाको उच्च जोखिममा

- नारायण अधिकारी 
चितवन । यहाँको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल कोरोना भाईरसको उच्च जोखिममा रहेको छ । अस्पतालमा कोरोनाको संक्रमण देखिएका भारतिय सिमा क्षेत्रबाट दैनिक बिरामी आउँने भए पछि रोगको जोखिम देखिएको हो । 

अस्पतालका कार्यकारी दिर्नेशक डा. बिजयचन्द्र आचार्य लकडाउनको समयमा समेत दैनिक १ सय हाराहारी बिरामी आउने गरेको बताउनु हुन्छ । अस्पतालमा अत्याबश्यक सेवा मात्र उपलव्ध गराईएको छ । अन्य समयमा यो संख्या दैनिक ६ सय भन्दा बढि हुने गर्दछ । 

आचार्यका अनुसार यसरी आएका बिरामीहरु मध्ये ९५ प्रतिशत चितवन बाहिरका रहेका छन् । अहिले सम्म कोरोनाको संक्रमण देखिएका  जिल्लाका बिरामी दैनिक जसो उपचारका लागि आईरहेका  छन् । कैलाली, कञ्चनपुर, धनगडी, रौतहट, पर्सा, बागलुङ लगाएतका ठाउँबाट बिरामी आईरहेका छन् । 

लकडाउन पछि भारतबाट बिरामी नआए पनि सिमा क्षत्रका बिरामीको संख्या धेरै भएको अस्पतालले जनाएको छ । अस्पतालले जटिल अबस्थामा रहेका बिरामी मात्र हेरेको छ । अत्याबश्यक रेडियोथेरापी, केमोथेरपी र शल्यक्रियाहरु भईरहेको आचार्यले जानकारी दिनुभयो । 

देशैभरबाट बिरामी आउँने हुदा अस्पताल उच्च जोखिममा परेको आचार्य बताउनुहुन्छ । सकेसम्म साबधानी अपनाएर काम गरिरहेको उहाँको भनाई छ । अस्पताल छिर्ने गेटमा बिषदी छर्कने गरिएको छ । भित्र बिरामीका धेरै आफन्त छिर्न दिईएको छैन । चिकित्सक, स्वास्थ्यकर्मीले गाउँन, माक्स र पन्जा लगाएर बिरामीलाई पनि माक्स लगाउन अनिवार्य गरिएको छ । केही दिन अत्याबश्यक बाहेकका बिरामी अस्पताल नआउन भनिए पनि दवाव थेग्न कठिन भएको आचार्य बताउनुहुन्छ । उहाँले भन्नुभयो “नियमीत उपचारमा रहेका क्यान्सरका बिरामी भन्दा कोरोना रोग उच्च जोखिममा रहेको छ । दलका नेता र पत्रकारले बढि दबाब दिएर बिरामी पठाउँने गरेका छन ।” 

नियमीत उपचारमा रहेका क्यान्सरका बिरामीलाई दुई ÷तीन हप्ता घरमानै राख्दा केही नहुने भए पनि बुझाउन नसकीएको अस्पतालका चिकित्सकहरुको भनाई छ । अस्पतालले बिशेषज्ञ चिकित्सकहरुको मोवाईल नम्बर सार्बजनीक गरि परामर्श गर्न अनुरोध गरेको छ । अस्पतालको कुरुवा घर ५० जनाको क्षमता मात्रको रहेको छ । 

अस्पताल बाहिरका होटल र पसलहरु वन्द छन् । जसका कारण बिरामी र तीनका आफन्तको दैनिकी पनि कष्ठकर हुने भएकाले आउनै परे मात्र अस्पताल आउन आचार्यको सुझमब रहेको छ । 

यस अस्पतालमा नेपालका सबै जिल्ला र भारतिय सिमा क्षत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । हरेक वर्ष अस्पतालले ८ हजार भन्दा वढि क्यान्सरका बिरामीको उपचार गर्दै आएको छ भने १ लाख ४० हजार हाराहारी बिरामीलाई बहिरंग सेवामा हेर्ने गर्दछ । चीनीया सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा हाल ४ सय ५० शैया रहेको छ । लकडाउनमा समेत ८० जनाले भर्ना भएर सेवा लिई रहेको अस्पतालले जनाएको छ ।