बालुवाटारमा क्याबिनेट बैठक जारी, लकडाउनको अवधी थप्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०७७, ११ : ४३

काठमाडौं । चैत ११ यता जारी लकडाउनको अवधी भोलि ३ गते राती १२ बजेवाट सकिदै गर्दा सरकारले लकडाउनको अवधी फेरि थप गर्ने तयारी गर्न लागेको हो ।

सरकारले यो वीचमा दुई पटक आठ –आठ दिनले लकडाउनको समय थप गरेर वैशाख ३ गते राती १२ बजेसम्म तय गरेको थियो । प्रधानमन्त्री ओलीले प्रदेश प्रमुखहरुसँगको भिडियो कन्फरेन्समा लकडाउन छिटै अन्त्य नहुने बताएका थिए भने हिजो नयाँ वर्षको शुभकामना सन्देश दिने बेला पनि दुई दिनको अवस्था मध्यनजर गरेर सरकारले उपयुक्त निधो लिने बताएका थिए ।

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या बढदै जान थालेको र अहिलेसम्म १४ जनामा प्रमाणित नै भईसकेका कारण पनि यो समयावधी सरकारले अझै केही समय लम्वाउने देखिन्छ । कोरोना रोकथाम र नियन्त्रणका लागि उपयुक्त विधि लकडाउन नै भएका कारण पनि सरकारले यो अवधी थप गर्ने तयारी गरेको हो ।