भारतमा वैशाख २१ गतेसम्म लकडाउन थपियो

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०७७, ११ : ०५

 काठमाडौं । भारतमा ३ मेसम्म लकडाउन थपिएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।

मोदीले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् । मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले यसमा थप कठोरता लागू गरिने बताएका छन् । मोदीले २० अप्रिलसम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन लगातार गरिने बताएका छन्  ।