अर्थमन्त्री खतिवडा पनि कोरोनाको जोखिममा !

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०७७, ०८ : १९
अर्थमन्त्री खतिवडा पनि कोरोनाको जोखिममा !

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा पनि कोरोनाको जोखिममा सुन्दा तपाईहरुलाई अपत्यारिलो लाग्न सक्छ । तर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित सनसिटि अर्पाटमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा ¥यापिड डायग्नोष्टिग टेष्ट (आरडीटी) परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएसँगै अर्थमन्त्री खतिवडा पनि जोखिममा देखिएका हुन् ।

अर्पाटमेन्टमा बस्दै आएका एकै परिवारका उनीहरुलाई पोजेटिभ देखिदैमा अर्थमन्त्री खतिवडा कसरी जोखिममा ? तपाईलाई यस्तै जिज्ञासा लाग्न सक्छ । तर घटना प्रकृतिले अर्थमन्त्री पनि जोखिममा रहेको संकेत गरेको छ ।  कुरा हो चैत ८ गतेको । अर्थमन्त्री खतिवडा सोही अपार्टमेन्टमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए । त्यही  अर्पाटमेन्टमा अहिले पनि खतिवडाका छोरा बस्दै आएका थिए । 

यद्यपी आरडीटी परिक्षण गर्दा ति एकै परिवारका तीन जनामा पोजेटिभ देखिएपनि त्यो नै अन्तिम सत्य नहुन पनि सक्छ । आरडिटि पूर्ण भरपर्दाे परिक्षण होइन । सोही कारण कोरोना भए नभएको पुष्टिका लागि ति परिवारका तीन जना सदस्यलाई नै अहिले पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनीहरुको पिसिआर विधिवाट पून परिक्षण प्रक्रिया शुरु गरिएको छ ।
 
पिसिआर प्रविधिवाट परिक्षण गर्दा पनि सो परिवारमा कोरोना पोजेटिभ देखियो भने अर्थमन्त्री खतिवडा पनि परिक्षणमा रहनु पर्ने अवस्था आउन सक्छ । हिजैबाट अपार्टमेन्टलाई प्रहरीले सिल गरिसकेको छ । अहिलेलाई २४ घण्टाको लागि उत्त अपार्टमेन्ट सिल गरिएको छ । त्यहाँ करिब ५ सय परिवारका झण्डै १५ सय मानिसहरु बसोबास गर्दै आईरहेका थिए । त्यसै मध्येका एक परिवार अर्थमन्त्री खतिवडाका छोराको परिवार पनि हुन् ।

खतिवडा त्यहाँ चैत ८ मा पुगेर करिब आधा घण्टा बसेर त्यहाँका केही मानिसहरुसँग पनि भेटघाट गरेर फर्केका थिए । अर्पाटमेन्टमा विदेशबाट आएका ६१ जना रहेको सूचनापछि नगरपालिकाले कोरोना परिक्षण गराएको थियो आरडिटी प्रविधिबाट । त्यस क्रममा ३६ जनाको परिक्षण गरिएको थियो । जसमध्येको तीन जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ यी तीनै जना अपार्टमेन्टको वेलफेयर सोसाइटीको चुनावको लागि नेपाल आएको खुल्न आएको छ । उनीहरु गत चैत ५ गते बेलायतबाट दुबई हुदै काठमाडौं आएका थिए । चैत ८ गते अर्पाटमेन्टमा वेलफेयरको चुनाव भएको थियो । 

सोसाइटीको चुनावमा अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा पनि सचिवमा निर्वाचित भएका थिए । भब्य पार्टी सहित चुनाव भएको र छोरा स्यवं चुनावमा उम्मेदवार रहेका कारण पनि अर्थमन्त्री खतिवडा त्यहाँ पुगेका थिए । सफलखबरसँग अर्पाटमेन्टमै रहेर सम्र्पकमा आएका एकजनाका अनुसार, अर्थमन्त्री खतिवडा चुनावका बेला अर्पाटमेन्ट पुगेको र केही समय त्यहाँ रहेका मानिसहरुसँग भेटघाट गरेर फर्केका थिए ।

अर्पाटमेन्टमा रहेका तीन जनामा पिसिआर परिक्षणमा पनि संक्रमण देखिए अर्पाटमेन्टमै रहेका अन्य र अर्थमन्त्री खतिवडासम्मलाई पनि कोरोना परिक्षण गर्नुपर्ने अवस्था आउन सक्ने बताईएको छ । जसकाकारण पनि अर्थमन्त्री खतिवडा पनि कोरोनाको जोखिममा परेको हुन सक्ने अनुमान अहिले अर्पाटमेन्टमा रहनेहरुले गर्न थालेका छन् ।
 

प्रतिक्रिया दिनुहोस