एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका ६ जना पदाधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । बोर्डका पदाधिकारीले क्लबमा विकराल अवस्था आएको भन्दै सामूहिक रुपमा अध्यक्ष जोसेप मारिया बार्तोमेउलाई राजीनामा बुझाएका छन् । यस समाचारलाई फुटबल सम्बन्धी अनलाईन गोल डटकमले उल्लेख गरेको छ ।
पदबाट राजीनामा दिनेमा उपाध्यक्ष इमिली रोउसान्ड र इनरिक तोम्बास, निर्देशक सिल्भियो इलियस, मारिया टेक्सीडोर, जोसेप पन्ट र जोर्डी क्लासामिग्लिया रहेका छन् । उनीहरुले कोरोना भाइरसका कारण क्लबमा परेको संकट, त्यसले निम्त्याएको समस्या र अबको रणनीतिबारे धारणा सार्वजनिक गर्न आग्रह पनि गरेका छन् । राजीनामा दिएका पदाधिकारीले आफुहरुले क्लबको अवस्थाबारे जानकारी लिन चाहेपनि अध्यक्ष जोसेपले छलफल गर्न नचाहेको आरोप पनि लगाएका छन् ।
उनीहरुले क्लबको कठिन चुनौतीलार्ई सामना गर्न ब्यवस्थापनको ढाँचालाई परिवर्तन गर्न नसक्दा बिकराल अवस्था आएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । कोरोनाका कारण आर्थिक संकट पैदा भएको भन्दै बार्सिलोनाले हालै खेलाडीको तलबमा ७० प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित