एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले इङ्लिस प्रिमियर लिग रद्द भएका लिभरपुलले उपाधि जित्ने बताएका छन् ।
कोरोना भाईरसका कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा शंका उब्जिएको छ । अध्यक्ष सेफेरिनले लिग सुचारु हुन नसक्दा लिभरपुल स्वत उपाधिको दावेदार रहेको बताए । ‘प्रिमियर लिग स्थगित हुँदानै लिभरपुल दावेदार हो । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २५ अंकले माथि रहेको लिभरपुललाई उपाधि दिँदा उचित हुन्छ ।
यदि लिग सुचारु भएका लिभरपुललेनै उपाधि जित्ने पक्का छ । मेरो विचारमा कुनैपनि पाटोबाट लिभरपुललाई उपाधिविहिन बनाउन मिल्दैन,’ सेफेरिनले भने । सन् १९९० पछि पहिलो पटक उपाधि मुखमा रहेको लिभरपुललाई कोरोना भाईरसका कारण लिग रोकिँदा सबैभन्दा पिर परेको छ ।
३० बर्षपछि लिग च्याम्पियन बन्ने योजनामा रहेको लिभरपुललाई लिग सुचारु भए तीन खेल जिते पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इङ्लिस प्रिमियर लिग: आर्सनल अंक तालिकाको दोस्रो स्थानमा
इङ्लिस प्रिमियर लिग: टोटनहम र लेस्टर सिटीले अंक बाँडे