एजेन्सी । इङ्लिस प्रिमियर लिगमा तेस्रो जित निकाल्दै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
आइतबार राति भएको खेलमा आर्सनलले टोटनहममाथि १–० को संर्घषपूर्ण जित निकालेको हो। टोटनहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलले पहिलो हाफमा गोलका लागि निकै संघर्ष गर्नुपर्याे।
खेलको ६४ औँ मिनेटमा ग्रावियलको हेडर गोलमा अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा १–० को जित निकालेको हो। गएराति नै भएको अर्को खेलमा न्यु क्यासल युनाइटेडले वुल्भ्समाथि २–१ को जित निकालेको छ।
पहिलो हाफको ३६ औँ मिनेटमा मारियो लेमिनाको गोलमा वुल्भ्सले सुरुवाती अग्रता बनाएको थियो। नतर दोस्रो हाफमा सम्हालिन नसक्दा २ गोल खान पुग्यो। खेलको ७५ औँ मिनेटमा स्कारको गोलमा न्यु क्यासल बराबरीमा आएको थियो।
त्यसको साँच मिनेट पछि बार्नेसको गोलमा न्यु क्यासलले वुल्भ्ससँग अंक खोस्न सफल भएको हो। जितसँगै न्युक्यासल अंक तालिकाको तेस्रो स्थानमा छ।
चार खेलबाट १२ अंक भएको सिटी अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट १० अंक भएको आर्सनल दोस्रो र न्यु क्यासल तेस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३१ भदौ २०८१, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इङ्लिस प्रिमियर लिग: लिभरपुलको अपराजित यात्रामा पूर्णविराम
इङ्लिस प्रिमियर लिगः उपाधि होडमा लिभरपुल थप बलियो
इङ्लिस प्रिमियर लिग : आर्सनल र नटिङघम फरेस्ट विजयी
इङ्लिस प्रिमियर लिग: लिभरपुल र एभर्टनले अंक बाँडे
इङ्लिस प्रिमियर लिग: लिभरपुलको फराकिलो अग्रता
इङ्लिस प्रिमियर लिग: टोटनहम र लेस्टर सिटीले अंक बाँडे