कोरोनाका कारण युएईमा एक नेपालीको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २४ चैत्र २०७६, २१ : २६
कोरोनाका कारण युएईमा एक नेपालीको मृत्यु

 युएई । कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा  एक नेपालीको ज्यान गएको छ। युएईमा नेपालीको कोरोनाका कारण मृत्यु भएको यो पहिलो पटक हो । 
युएईमा हालसम्म ११ जना संक्रमित भएको दूतावासको रेकर्डमा छ । 

रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट  पुष्टि  भएको छ । ४० वर्षीया पराजुलीको उनी कार्यरत घरमै गत शुक्रबार बिहान मृत्यु भएको बताइएके छ ।