रुपन्देहीको खैरेनीमा एनआईसी एसियाको नयाँ शाखा विस्तार

आइतबार, ०६ फागुन २०७४, १८ : २६
रुपन्देहीको खैरेनीमा एनआईसी एसियाको नयाँ शाखा विस्तार

रुपन्देही । एनआईसी एसिया बैंकले रुपन्देहीको खैरेनीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त बैंकले देवदह नगरपालिका  ५ खैरेनीमा नयाँ शाखा बिस्तार गरेको हो ।  नयाँ शाखाको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले उद्घाटन गरेका थिए ।

उक्त बैंकको यो शाखा विस्तारसँगै १ सय ७९ शाखा पुगेका छन् भने १ सय ७२ एटिएम  र ४ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रवाहित भैरहेको छ ।
बैंकका अनुसार अन्य स्थानमा समेत नयाँ शाखा विस्तार हुने तयारी भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस