नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन

आइतबार, ०६ फागुन २०७४, १५ : २८
नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन

धादिङ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताएका छन् । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ ।

प्रेस सेन्टर धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आएका मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको निर्माणसमेत गरिने बताए । रासस

प्रतिक्रिया दिनुहोस