कपिलबस्तुका वडा अध्यक्षका छोरा मृत

आइतबार, ०६ फागुन २०७४, १५ : २५
कपिलबस्तुका वडा अध्यक्षका छोरा मृत

कपिलबस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ बर्षिया छोरा महोम्मद एमान मृत फेला परेका छन् ।
तीन दिन अघि अपरहणमा परेका भनिएका  एमान  आज बिहान मृत फेला परेका हुन् । आफ्नै घर पछाडि रहेको पोखरीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए ।
 अपहरणकारिबाटै यी बालकको हत्या भएको हुन सक्ने र घटना बारे अनुसन्धान भैरहेको कार्कीको भनाई छ ।
दोषी पत्ता लगाई करवाहीको कटघेरामा ल्याउने कार्कीले बताए ।  बालक गत विहिवार विहान ८ बजे नजिकैको विद्यालय जान हिँडेको र बाटैबाट वेपत्ता भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस