विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव

आइतबार, ०६ फागुन २०७४, १४ : ५२
विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव

तेह्रथुम । आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदानकोे व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले आगामी दिनमा बदर मतको संख्या घटाउनका लागि विद्युतीय मतदान हुनुपर्ने बताउनुभयो ।

विसं २०१५ मा पहिलो संसदीय निर्वाचन शुरु भएको दिन फागुन ७ गतेलाई निर्वाचन आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस