आगलागी पीडितलाई राहत

आइतबार, ०६ फागुन २०७४, १४ : २५

हुम्ला । नेपाल ग्रामीण पुनःनिर्माण संस्था/सामुदायिक विकास कार्यक्रम (सिडिपी) हुम्लाले आगलागी पीडित १४ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।

सर्केगाड गाउँपालिका–७ कार्कीबाडामा गत माघ १३ गते आगलागी भई १४ घर र पशुवस्तु नष्ट भएको थियो । सामुदायिक विकास कार्यक्रमले सर्केगाड गाउँपालिकाको वडा नं २, ३ र ४ मा विपद्सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । सोही गाउँपालिकाको कार्कीबाडा बस्तीमा भएको आगलागी पीडितहरुलाई राहत सामग्री दिएको हो ।

पीडितहरुलाई कम्बल ३२, डसना १६, ह्यान्डवास डेटल १६, डेटल साबुन ६४, बाल्टिन १६, टुथ ब्रस ४८, कोलगेट १६, तौलिया १६, स्यानेटरी प्याड १६, मग १६, र नेलकटर १६ थान वितरण गरिएको कार्यक्रम संयोजक उपेन्द्रकुमार राईले बताउनुभयो । उनीहरुलाई रु एक लाख ८३ हजार बराबरको राहत सामग्री वितरण गरिएको हो ।  (रासस)

प्रतिक्रिया दिनुहोस