एजेन्सी । दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ।
ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोनाभाइरसविरुद्धको सकारात्मक समाचार भनिएको छ।
उनी कोभिड १९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्। यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो।
सप्ताहान्तमा घरभित्रै बस्न आग्रह
जापानको राजधानी टोक्योका अधिकारीहरूले शहरवासीहरूलाई सप्ताहान्तमा घरभित्रै बस्न आग्रह गर्दै त्यहाँ सङ्क्रमण ह्वात्तै बढ्न सक्ने चेतावनी दिएका छन्।
बुधवार ४१ नयाँ सङ्क्रमण पुष्टि भए पनि टोक्योमा अन्य ठूला शहरमा जस्तो प्रतिबन्धहरू लागेका छैनन्।
दक्षिण एशियाको अवस्था
भारतमा बिहीबार २१ दिने लकडाउनको दोस्रो दिन हो। त्यहाँ ५५० जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भइसकेको छ।
पाकिस्तान दक्षिण एशियाकै सबैभन्दा बढी सङ्क्रमण भएको देश हो। त्यहाँ १,००० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ जसमध्ये चार सय सिन्ध प्रान्तमा रहेको छ।
बाङ्ग्लादेशमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। सङ्क्रमितहरूको सङ्ख्या ३९ पुगेको छ। तर गत २४ घण्टामा त्यहाँ आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरेपछि नयाँ सङ्क्रमित भेटिएका छैनन्।
श्रीलङ्कामा बुधवार सङ्क्रमितको सङ्ख्या १०२ पुगेको छ र त्यहाँ अनिश्चितकालीन कर्फ्यु कायम छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति