प्रधानमन्त्री ओली आज बालुवाटार सर्ने

आइतबार, ०६ फागुन २०७४, ०८ : ४७
प्रधानमन्त्री ओली आज बालुवाटार सर्ने

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) सरकारी निवास बालुवाटार सर्ने भएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोड्नुभएको थियो ।

प्रधानमन्त्री ओली आइतबार अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 
देउवाले सरकारी निवास खाली गरेलगत्तै ओलीको प्रवेशका लागि बालुवाटारमा शनिबार दिनभर सरसफाइ र मर्मतसम्भार गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस