कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा खटिनेहरुलाई सत प्रतिशत प्रोत्साहन भत्ता, भारत र चीनसंग जोडिएका सबै नाका सोमबारबाट बन्द

पत्रपत्रिकाबाट

आइतबार, ०९ चैत्र २०७६, २२ : ३२
कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा खटिनेहरुलाई सत प्रतिशत प्रोत्साहन भत्ता, भारत र चीनसंग जोडिएका सबै नाका सोमबारबाट बन्द

काठमाडौ । आज सांझ बसेको मन्त्री परिषद बैठकले कोरोना भाइरस संक्रमण उपचार तथा नियन्त्रणमा खटिने चिकित्सक। तथा स्वास्थ्यकर्मीहरुलाई सत प्रतिशत प्रोत्साहन भत्ता उपलव्ध गराउने भएको छ ।

कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकको मनोवल उच्च बनाउन यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार चिकित्सकहरुलाई चाहिने आवश्यक पीपीएका लागि समेत सरकारले व्यवस्था गर्नेगरी आवश्यक निर्णय गरेको छ ।

त्यस्तै बैदेशिक सहायता परिचालन गर्ने र कोरोेना रोकथामका लागि सरकारले केन्द्रीय कोष खडा गर्ने नर्णय गरेको छ । जसमा सरकारले ५० करोड रकम जम्मा गरेको छ । त्यसमा मनित्रपरिषदका सदस्यहरुले एक महिनाको तलव सुविधा थप्नेछन् ।

त्यसैगरीमन्त्रिपरिषद बैठकले भारत र चीनसँग जोडिएका सवै सिमा नाकाबाट यात्रु आवागन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री खतिवडाका अनुसार चैत १० गते १० बजेदेखि सिमाबाट यात्रु आवागमन रोक्ने निर्णय भएको हो ।

जुन चैत १६ सम्म लागु हुनेछ । त्यस्तै सरकारले कोरोना उपचारका लागि थप एक अस्पताल तोकेको छ । यसअघि टेकु, बीर वीपी धुलिखेल तोकिएकोमा अव चन्द्रागिरीस्थित सशस्त्र प्रहरीको अस्पताललाई पनि कोरोना उपचारका लागि तोककिएको हो ।

 

प्रतिक्रिया दिनुहोस