६६ केजी गाँजासहित तीन पक्राउ

शनिबार, ०५ फागुन २०७४, १७ : ०५
६६ केजी गाँजासहित तीन पक्राउ

हेटौंडा । ६६ केजी गाँजासहित मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा –१५ रातोमाटेस्थित चेकपोष्टबाट ना ५ख ७७०६ नम्बरको ट्रक चेकजाँचको क्रममा लागुऔषध गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नवलपरासीको दम्कौलीबाट विराटनगरतर्फ जाँदै गरेको ट्रकले कन्टेरभित्र तीन वटा बोरामा लुकाएर ल्याउँदै गरेका ६ पोका गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

फु्रुटी लोड गरिएको ट्रकभित्र उनीहरुले गाँजा लुकाएका थिए । शुक्रबारै दिउँसो पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार मात्र सार्वजनिक गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस