मापसे जाँच स्थगित

सफल खबर संवाददाता

शुक्रबार, ०७ चैत्र २०७६, १३ : ३१
मापसे जाँच स्थगित

काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।

विशेष परिस्थितिका कारण महानगरीय ट्राफिक महाशाखाका अनुसार मापसे जाँच रोकिएको छ। यद्यपि, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने महाशाखाले जनाएको छ । 

ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस