भक्तपुर । विश्व भरि नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस जांचको लाागि भक्तपुरमा अत्याधुनिक उपकरण ल्याइएको छ । थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परिक्षण गर्ने PCR (Polymerase Chain Reaction) मेसिन ल्याईएको छ ।
मध्यपुर थिमि नगरपालिकाद्धारा संचालित यस अस्पतालमा उक्त उपकरण ल्याए संगै समग्र भक्तपुर जिल्लावासीलाई नै कोरोनाको परिक्षण गर्न सहज हुने नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।
आज बिहिबार भित्रिएको उक्त उपकरणको नगरप्रमुख श्रेष्ठ लगायत उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रजिअ हुमकला पाण्डेलगायतले निरिक्षण गरेका छन् ।
कोरोना भाइरसको संक्रमण अहिले सम्म नेपालमा नदेखिएकोले यसलाई भित्रन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । विश्वभरि नै तिव्र गतिमा फैलिरहेको यो भाईरस जाँच्न यो अत्याधुनिक उपकरण कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै