राजधानीको विषयमा विवाद नगर्न मुख्यमन्त्री पौडेलको आग्रह

शनिबार, ०५ फागुन २०७४, १५ : ०९
राजधानीको विषयमा विवाद नगर्न मुख्यमन्त्री पौडेलको आग्रह

काभ्रे । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राजधानीको विषयमा विवाद नगर्न आग्रह गरेका छन् ।   आज

धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश गरेको अवसरमा गरेको  कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशले भर्खरै संघियताको पुर्ण रुपमा कायान्वयन गरेको भन्दै अव राजधानीको विषयमा विवाद नगर्न आग्रह गरेका हुन ।
उनले राजधानी बदल्ने विषय निकै गम्भिर र धेरै प्रक्रियाको विषय रहेको भन्दै यो विषयमा हतार नगर्न आग्रह समेत गरे ।
मुख्यमन्त्री पौडेलले आफ्नो भुमिका सबैलाई सम्मान गर्ने र निरन्तर काम गर्दै जनताको विश्वास जित्ने भएको बताए । आफु गर्न सक्ने कुरा मात्र बोल्ने र बोलेको कुरा कुनैपनि हालतमा पुरा गर्ने स्वभावको ब्यक्ति भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश नंबर ३ को सबै श्रोतलाई भरपुर प्रयोग गरि समृद्ध प्रदेश निर्माणको लागि प्रदेश सरकार लागि पर्ने बताए ।

श्रोतको पहिचार र परिचालन ठिक ढंगबाट गर्नसके प्रदेश नंबर ३ को विकास चाँडै हुने भन्दै धुलिखेल नगरपालिकालाई प्रदेश नंबर ३ को उत्कृष्ट नगर बनाउनको लागि सबैलाई लाग्न आग्रह गरे । धुलिखेल धेरै संभावना भएको नगर रहेको भन्दै उनले प्रदेश सरकारबाट पनि धुलिखेलको विकासको लागि सहयोग हुने घोषणा ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस