हत्या गरिएको अवस्थामा शव फेला

शनिबार, ०५ फागुन २०७४, १४ : ५२
हत्या गरिएको अवस्थामा शव फेला

गौशाला । महोत्तरी मटिहानी नगरपालिकामा आज हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

मटिहानी नगरपालिका– ७ स्थित पानी ट्यांकी अगाडि स्थानीयवासी गणेश ठाकुरका छोरा ३० वर्षीय रमेश ठाकुर भन्ने कारी ठाकुरको शव हत्या गरिएको अवस्थामा फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

मृतक ठाकुरको टाउँकोमा धारिलो हतियार प्रहार गरिएको र शरीरभरि निलडाम भएको अवस्थामा शव फेला परेको उहाँले बताउनुभयो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको छ भने शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस