बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ०४ चैत्र २०७६, १८ : ००
बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता

फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि दुई नेतावीचको मंगलबारको भेटवार्ता दोस्रो पटक हो । यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच चैत १ गते शनिबार भएको थियो । 

दुई नेताको भेटवार्तापछि सचिवालय बैठक बोलाउन मिति तय हुनेछ । नेकपामा एमसीसी, पार्टी एकताको पुर्णता, वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने लगायतका निर्णय गर्न बाँकी छ । 

नेता गौतम, एमसीसी लगायतका विषयमा नेकपामा एकमत हुन सकेको छैन । आजको भेटवार्ताले पनि यी विषयमा ठोस निर्णय हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस