स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

शनिबार, ०५ फागुन २०७४, १२ : २३
स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । पुरचौँडी नगरपालिका– ५ कुवाकोटमा शुक्रबार ना४क ५७६५ नं को स्काभेटर दुर्घटना हुँदा चालक कञ्चनपुर भीमदत्तनगरपालिका– ९ का ३८ वर्षीय रामबहादुर रावलको मृत्यु भएको छ ।

अपराह्न सडक निर्माण गर्ने क्रममा सडकबाट १२० मि तल खसेको थियो । गम्भीर घाइते चालकलाई उपचारका लागि लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस