कोरोनाविरुद्ध एकीकृत कार्ययोजना बनाउन सबै मुख्यमन्त्री काठमाडौँमा

सफल खबर संवाददाता

आइतबार, ०२ चैत्र २०७६, १४ : ४४
कोरोनाविरुद्ध एकीकृत कार्ययोजना बनाउन सबै मुख्यमन्त्री काठमाडौँमा

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले एकीकृत कार्ययोजना बनाउन सरकारले सात वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको छ । 

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ । सोही समितिले मुख्यमन्त्रीहरूलाई बैठकका लागि काठमाडौं बोलाएको हो । 

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सरकारले गरेका कार्यप्रगतिका विवरण पेश गर्ने कार्यक्रम छ । मुख्यमन्त्रीहरूले पनि कोरोनाभाइरस संक्रमण फैलन नदिन गरेका पूर्वतयारीबारे बैठकमा रिपोर्टिङ गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस