कलैयामा नौ कुष्ठरोगी

शनिबार, ०५ फागुन २०७४, ११ : ४३

कलैया । कलैया उपमहानगरपालिकामा नौ कुष्ठरोगी भेटिएका छन् । उपमहानगरपालिका, सामाजिक विभाग महाशाखाले २७ वटै वडामा कुष्ठरोग खोजतलास अभियान चलाउँदा नयाँ चार जना फेला परेको र पुराना पाँच जना कुष्ठरोगी रहेको जनाएको छ ।

गत माघ २१ देखि २५ गतेसम्म एक लाख १५ हजार ६१६ महिला, पुरुष र बालबालिकालाई जाँच गर्दा महिला तीन र पुरुष एक कुष्ठरोगी फेला परेकोे सामाजिक विभाग महाशाखाका संयोजक अनिल पाण्डेले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस