बामगठबन्धन विचमै तोड्न नहुँने : मोहनविक्रम सिंह

शनिबार, ०५ फागुन २०७४, ११ : २१
बामगठबन्धन विचमै तोड्न नहुँने : मोहनविक्रम सिंह

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले र माओवादीवीच एकताका लागि शुभकामना दिएका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै बामगठबन्धन विचमै तोड्न नहुँने सुझाव पनि दिएका छन् ।

‘वामपक्षधर गठबन्धनको चुनावमा भएको सफलताका पछाडि दुईवटा मुख्य कारणहरु रहेका छन् ः प्रथम, ओलीको नेतृत्वमा एमालेले सीमित रुपमा भएपनि राष्ट्रियताका पक्षमा, भारतीय विस्तारवादका विरुद्ध र चीनसितको सम्बन्ध विस्तारमा लिएको अडान । द्वितीय, ने.का.सितको सम्बन्ध तोडेर प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले एमालेसित मिलेर बनाएको वामठबन्धन । हामीले आशा गर्दछौ“, ती दुवैमा निरन्तरता रहोस् । त्यसको अर्थ हो, ओलीले पहिले लिएको अडानमा कुनै विचलन नआओस् र उनले बनाएको गठबन्धनलाई बीचैमा तोड्ने काम नगरियोस् ।

’ विज्ञप्तीमा छ, ‘उनीहरुका बीचमा पार्टी एकता होस् त्यसका लागि हाम्रो शुभकामना छ । तर त्यो सम्भव हुने छ वा छैन ? त्यो कार्य छिटो हुने छ वा ढिलो ? त्यो भन्दा हाम्रो चिन्ताको विषय यो छ, उनीहरुका बीचमा पार्टी एकता नभएपनि वा त्यो केही ढिला भएपनि वामपक्षीय गठबन्धनको सरकार गठन गर्ने कार्यमा कुनै ढिलाई हुनु हु“दैन वा त्यसमा कुनै बाधा पुग्न हु“दैन । त्यसो भएमा जनताले उनीहरुमाथि गरेको विश्वाससित धोखा हुनेछ र त्यसबाट प्रतिक्रियावादीहरुलाई नै मद्दत पुग्ने छ । यस्तो भएमा त्यो सम्पूर्ण देश र जनताका साथै स्वयं उनीहरु दुवै पक्षहरुका हितमा पनि नहुने कुरा प्रष्ट छ ।’

प्रतिक्रिया दिनुहोस