एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको छ ।
मिकेललाई स्वास्थ्य परिक्षणका क्रममा कोरोनाको पोजेटिभ लक्षण देखिएको हो । मिकेललाई कोरोनाको लक्षण देखिएपछि शनिबार हुने आर्सनल र ब्राईटनबीचको खेल स्थगित गरिएको छ ।
आर्सनलले प्रशिक्षण क्याम्प समेत बन्द गरेको छ । कोरोनाको संक्रमण देखिएको प्रशिक्षक मिकेलले यो आफ्ना लागि निराशाजनक क्षण भएको बताएका छन् । ‘मैले निकै गलेको महसुस भएपछि परिक्षण गरेको थिए ।
उपचारपछि जति सक्दो काममा फर्कने प्रयास गर्नेछु,’ ३७ बर्षीय मिकेलले भनेका छन् । आर्सनलले कोरोनाको शंका लागेका र मिकेलसँग सम्पर्क भएका अन्य ब्यक्तिलाई पनि स्वास्थ्य परिक्षण प्रक्रिया अगाडी बढाएको छ ।
कोरोनाको सन्त्रास र पछिल्लो घटनाक्रमबारे छलफल गर्न प्रियिमर लिगले क्लबहरुको आकस्मिक बैठक समेत बोलाएको छ । बैठकले प्रिमियर लिग क्लबको नयाँ तालिकाको बिषयमा निर्णय गर्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०७६, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनलको उपाधि होडमा धक्का
घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल
लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल
प्रिमियर लिगमा आर्सनलको विजयी शुरुवात
चेल्सीमाथि आर्सनलको फराकिलो जित