एजेन्सी । आर्सनलले लेस्टर सिटीमाथि जित हासिल गरेको छ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलले ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गर्दै जित हासिल गरेको थियो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्डले २ गोल गरेका थिए बने गाब्रियल मार्टिनेली र काइ हार्भेटले एक एक गोल गरेका थिए । त्यसैगरी लेस्टर सिटीका लागि दुवै गोल जेम्स जस्टिनले गरेका थिए ।
यो जितपछि आर्सनलको ६ खेलमा १४ अंक भएको छ र शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको बराबरी गरेको छ । सिटी गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी लेस्टर सिटीको भने ६ खेलमा ३ अंक रहेको छ र लिगमा १६औ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा
आर्सनलको उपाधि होडमा धक्का
घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल
प्रिमियर लिगमा आर्सनलको विजयी शुरुवात
चेल्सीमाथि आर्सनलको फराकिलो जित