काठमाडौंको लगनटोलको आगलागी, एक वृद्धको अवस्था अज्ञात

शनिबार, ०५ फागुन २०७४, ०७ : २९
काठमाडौंको लगनटोलको  आगलागी, एक वृद्धको अवस्था अज्ञात

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा घर जलेर पूर्णरुपमा नस्ट भएको छ । आगलागीबाट एक जना घाइते भएका छन् भने ६५ वर्षीय एक वृद्धको अवस्था अज्ञात छ ।

शनिबार बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको हो । दुबै घर जलेर पूर्णरुपमा नस्ट भएको प्रहरीले जनाएको छ ।

अमृतलाल रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार भाडामा बस्दै आएको थियो । जीवनकाजीको अवस्था अज्ञात छ । उनका छोरा प्रविण आगोमा जलेर सामान्य घाइते भएका छन् । उनलाई वीर अस्पतालमा सामान्य उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस