काठमाडौं । कपिलवस्तु जिल्ला अदालतमा दोभाषेको रुपमा करारमा कार्यरत बिश्वनाथ कुर्मी चौधरी २ लाख घुससहित पक्राउ परेका छन् ।
उनले ठगी मुद्दा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बुटवलले पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित महामाया प्रेस गौढीचोकबाट उनलाई बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०७६, १७ : १८
लेखकबाट थप