बागलुङ । कोरोना भाइरस (कोभिड–१९) को त्रासले बजारमा मास्कको अभाव हुन थालेपछि बागलुङकी एक महिला उद्यमीले मास्क बनाएर बेच्न थालेकी छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका घर भई बागलुङ बजारमा धागो कातेर कपडा बुन्दै आइरहेकी डिलकुमारी तिलिजा पुनले नरम कपडाबाट मास्क बनाएर बेच्न थालेकी हुन्। छेवैको मेडिकलमा दैनिक मास्क खोज्न आउनेको भीड देखेपछि दुई दिनदेखि काम थालेको उनले बताइन्।
प्रतिगोटा ५० रुपैयाँमा मास्क बेच्ने गरेको उनले बताइन्। धोएर पनि लगाउन मिल्ने भएकाले धेरैले उनीसँग मास्क किन्न थालेका छन्। दुई दिनमै दुई सयभन्दा बढी मास्क बेचिसकेको उनले बताइन्।
‘संक्रमण भइहाल्यो भने के गर्ने भनेर केही थान किनेकी छु,’ बागलुङ नगरपालिका–२ की दुर्गा हमालले भनिन्, ‘सतर्क हुनु राम्रो नि।’ मास्क किन्न आएकालाई सरसफाइमा ध्यान पुर्याउन समेत सुझाव दिने गरेको पुनले बताइन्। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति