दमास्कस । सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले आइतबार जनाएका छन् ।
एउटा ट्याङ्करले दुई वटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सिरियाको राजधानी दमास्कसदेखि होम्स प्रान्त जाने–आउने बाटोमा दुर्घटना भएको बताइएको छ ।
ट्याङ्करको ब्रेक फेल हुँदा अरु १५ वटा सवारीसाधन र दुई वटा ठूला बसलाई ठक्कर दिएको थियो । ती ठूला बसमा बढीजसो इराकी यात्रु रहेका जनाइएको छ ।
गृहमन्त्री मोहम्मद खालेद अल रहमानले घटनामा परी अरु ७७ जना घाइते भएको जानकारी दिनुभयो ।
राजधानी दमास्कस नजिकैको धार्मिकस्थलतर्फ गइरहेको बेला सो दुर्घटनामा परेका अधिकाँश शिया मुस्लिम धर्मावलम्बी रहेको बताइएको छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नवलपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, अरु ३ जना घाइते
दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते
सवारी दुर्घटना : ६ महिनामा एक हजार २३३ जनाको मृत्यु
आफैँले चलाएको ट्याक्टर दुर्घटनामा घाइते भएका वडा सदस्यको निधन
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
नयाँ दिल्ली रेलवे स्टेशन दुर्घटना: मृतकका परिवारले के भने?