आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा सेवा विस्तार

शुक्रबार, ०४ फागुन २०७४, १४ : २६
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा  सेवा विस्तार


सुर्खेत । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पु¥याउने उद्देश्यले सुर्खेतमा शाखा कार्यालयबाट सेवा विस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटर्नै कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गर्नुभयो । शाखाको उद्घाटन कार्यक्रममा राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराउनु भयो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठज्यूले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेको हुनाले आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराई ढुक्कसंग व्यवसाय संचालन गर्न उपस्थित सबैलाई आग्रह गर्नुभयो । कम्पनीले देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउनु भयो ।

शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सरकारी तथा ग्रह्रसरकारी संस्थाका प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

उक्त कम्पनीको आज उद्घाटन भएको शाखा सहित २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट  सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी गराउंदै निकट भविष्यमानै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस