काठमाडौँ । अवकाशप्राप्त डीआईजी तथा साहित्यकार महेशविक्रम शाहमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनीमाथि भ्रष्टाचार गरेको आरोप छ ।
शाहसहितका प्रहरी अधिकारीहरुमाथि ३३ लाख ३८ हजार रुपैंया अनियमितता गरेको आरोप छ। अख्तियारको आरोपपत्र अनुसार सिन्धुली दुधौलीका समादेशक शाहसहित लेखापाल दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर भएको हो।
अख्तियारको दाबी अनुसार भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको भेटिएको छ।
२०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण गत महिना अवकाश पाएका थिए। उनी तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याची हुन्। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा
झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर
राजा महेन्द्रका ज्वाइँ कुमार खडगविक्रमलाई भ्रष्टाचार मुद्दामा सफाइ
भ्रष्टाचार मुद्दामा धमाधम फैसला