सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

मंगलबार, २० फागुन २०७६, १२ : ०९
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको सुनको मूल्य मंगलबार बढेर ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार चाँदी तोलामा ८६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।